भारतीय नागरिकलाई अमेरिका लैजाने भन्दै काठमाडौँ ल्याएर बन्धक



काठमाडौँ । अमेरिका लैजाने भन्दै काठमाडौँमा ल्याएर बन्धक बनाइएका कम्तीमा ७ जना भारतीय नागरिकको उद्धार गरिएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौँको विशेष टोलीले उनीहरूलाई रातो पुल क्षेत्रबाट उद्धार गरेको हो । उनीहरूलाई अमेरिका लगिदिने भन्दै रकम असुली गरेर नेपालमा ल्याएर अलपत्र पारेको पाइएको अनुसन्धानमा संलग्न अधिकृतहरूले जनाएका छन् । घर नै भाडामा लिएर उनीहरूलाई राखेको पाइएको हो ।

प्रतिक्रिया दिनुहोस्