दीपेन्द्र र देव खनाल खेलमा फर्किए



दीपेन्द्र र देव खनाल

काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सविरुद्ध दोस्रो खेलमा नेपालले दीपेन्द्रसिंह ऐरी र देव खनाललाई टोलीमा समेटेको छ । नेपालले टस जितेर फिल्ड रोजेको छ । नेपालले आज दुई परिवर्तन गर्ने क्रममा दीपेन्द्रसिंह ऐरी र देव खनाललाई खेलाएको छ । पछिल्लो खेलबाट करण केसी र पवन सर्राफ बाहिर छन् ।

नेपालको टोली: रोहित पौडेल, आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, ललित राजवंशी

बेन्च : आरिफ शेख, पवन सर्राफ, सूर्य तामाङ, करण केसी

नेदरल्यान्ड्स टोली स्म्याक्स ओ’डाउड, नोआह क्रोस, शारिज अहमद, आर्यन दत्त, स्कट एडवार्डस (कप्तान), माइकल लेभिट, भिभिएन किंग्मा, वेस्ली बरेसी, साइब्रान्ड एंगलब्रेक्ट, बास डे लिड, काइल क्लेन

प्रतिक्रिया दिनुहोस्