आज प्रजातन्त्र दिवस



काठमाडौँ । आज फागुन ७ गते अर्थात् प्रजातन्त्र दिवस रहेको छ । सरकारले आजको दिनमा सार्वजनिक बिदा दिएको छ । २००७ सालको क्रान्ति सफल भएको सम्झनामा आज प्रजातन्त्र दिवस भव्यताका साथ मनाइदैँछ ।

सहिदहरू धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ, दशरथ चन्दलगायतको बलिदानीसहित तत्कालिन राजा त्रिभुवन र जनताको आन्दोलनका कारण ००७ सालमा प्रजातन्त्र स्थापना भएको थियो । नेपालको पहिलो लोकतान्त्रिक आन्दोलनको सम्झनामा आज देशैभरि विभिन्न कार्यक्रम गरी मनाइदैँछ ।

प्रतिक्रिया दिनुहोस्