त्रिभुवन विमानस्थलबाट सुनसहित भारतीय नागरिक पक्राउ



काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ सय ५५ ग्राम सुनसहित भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । अर्धठोस बनाएर ल्याइएको अवस्थामा सुनसहित भारतीय नागरिक ३५ वर्षीय शरिफ अहमद अब्दुल गफुरलाई पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय प्रहरीले जनाएको हो ।

उनी फ्लाई दुबईको विमानबाट सोमबार राती काठमाडौँ ओर्लिएका थिए। आगमन टनेल गेटमा जाँच गर्ने क्रममा गफरसँग उक्त सुन रहेको पत्ता लागेको थियो। प्रहरीले थप अनुसन्धानका लागि उनलाई भन्सार कार्यालयको जिम्मा लगाएको छ।

प्रतिक्रिया दिनुहोस्