नामिबियाविरुद्ध आशिफको अर्धशतक



काठमाडौँ । आईसीसी विश्वकप लिग-२ अन्तर्गत नामिवियाविरुद्ध आशिफ शेखले अर्धशतक प्रहार गरेका छन् । ५५ बलमा एक छक्का र ८ चौका मद्दतमा उनले ५० रन पूरा गरेका हुन् । १६.५ ओभरमा छक्का हानेसँग उनले ५३ रन पुर्‍याए ।

अहिले नेपालले तीन विकेट गुमाएर ९५ रन बनाएर खेलिरहेको छ । शेख र कुशल मल्लले नेपालको इनिङ सम्हालिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्