विमानस्थलबाट करिब एक किलो सुन बरामद



काठमाडौँ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक किलो सुन बरामद गरिएको छ । पाइन्ट र लगाएको अन्य लुगाभित्र सुनको लेपन लगाएर ल्याएको अवस्थामा प्रहरीले सो सुन  बरामद गरेको हो ।

सुनसहित भारतीय नागरिक मोहमद जेसनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । दोहाबाट मुम्बई हुँदै उनी अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँ ओर्लिएका थिए ।

भन्सार जाँच पार गरिसकेको अवस्थामा सुनसहित मानिसलाई पक्राउ गरिएको हो ।  प्रहरीले उनलाई शङ्काको आधारमा पक्राउ गरेको हो । प्रहरीले सो विषयमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्