एमाले कैलाली जिल्ला सदस्यमा टीकापुरका खड्काको नाम चर्चामा



एमाले कैलाली

धनगढी । नेकपा (एमाले) कैलालीको सुखडमा ९ औं जिल्ला अधिवेशन जारी छ। अधिवेशनमा आकाङ्क्षी धेरै भएपछि पटक पटक निर्वाचन समितिले तालिका संशोधित गरिरहेको छ ।

यसैबीचमा कैलाली जिल्ला सदस्य टीकापुर भूगोल तर्फबाट सदस्य पदका आकाङ्क्षी प्रकाश खड्काको भने जिल्ला भरी जताततै चर्चा चुलिएको छ । खड्कालाई युवा राजनीतिका प्रेरणाका रूपमा हेर्ने गरेको पाइन्छ । टीकापुर नगरपालिका भूगोल युवामा उम्मेदवारी दिएका खड्का अधिवेशन भरि चर्चामा छन् ! खड्का जहिल्यै पनि यो त्यो पार्टी नभनी पार्टी भन्दा माथि उठेर प्रवृत्तिका विरुद्ध खुलेरै बोलिरहेका युवाका रूपमा परिचित छन् ।

राष्ट्रिय युवा सङ्घको जिल्ला सचिवसमेत रहेका खड्कालाई  स्पष्ट वक्ता निडर युवा नेताका रूपमा चिन्ने गरिन्छ । सामाजिक क्षेत्रमा उनको निकै राम्रो छवि छ । राजनीतिक, सामाजिक क्षेत्रमा खड्का निकै सक्रिय छन्, त्यस कारण उनको जित सुनिश्चित रहेको एमालेका केही नेताहरूले बताउने गरेका छन् ।

खड्काले भने पार्टी लाई सुदृढीकरण गर्न, सर्वहारा वर्ग, युवाहरूको प्रतिनिधित्व गर्दै अग्रगामी समाज र राष्ट्र निर्माण लागि उम्मेदवारी दिएको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्