जाजरकोटमा बालिकाको जलेर मृत्यु



जाजरकोट । जाजरकोटमा एक बालिकाको जलेर मृत्यु भएको छ । जिल्लाको बारेकोट गाउँपालिका ९ खारीगाउँमा गोपाल जैसीकी १७ महिनाकी छोरी  नतसा जैशीको  भान्सा कोठामा सुतेको  अवस्थामा  एक्कासि  चुल्होमा परेर मृत्यु भएको हो ।

गम्भीर घाइते बालिकालाई मिसन अस्पताल चौरजहारीमा उपचारको लागि लगिएकामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घरमा कोही नभएको अवस्थामा भान्सा कोठामा सुतेकी बालीका चुल्होमा परेर गम्भीर घाइते भएको र उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्