नेपालबाट टी-२० खेल्ने टोलीमा को-को खेलाडी समेटिए 



काठमाडौँ । नामिबिया र नेदरल्यान्ड्स सम्मिलित टी-२० त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार रोहित पौडेलको कप्तानीमा टी-२० खेल्ने टोलीको घोषणा गरेको हो।

टी-२० को टोलीमा भीम सार्की, देव खनाल, सूर्य तामाङ र पवन सर्राफ समेटिएका छैनन्। टी-२० विश्वकपको तयारीमा रहेको नेपालले आईसीसी विश्वकप लिग-२ खेलेका टोलीसँग सिरिज खेल्न लागेको हो। नेपालले मङ्गलवार देखि घरेलु मैदानमा टी-२० सिरिज खेल्नेछ। सिरिजको पहिलो खेलमा नेपालले फागुन १५ गते नामिबियासँग खेल्नेछ।

 नेपाली टोली टी-२० खेल्ने टोली

रोहित पौडेल , आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, अनिल साह, रासिद खान, सागर ढकाल, आरिफ शेख र अविनाश बोहोरा।

May be an image of text that says "T20I TRIANGULAR SERIES CAN SQUAD LIST NEP NAM NED ROHIT PAUDEL (C) AASIF SHEIKH KUSHAL BHURTEL KUSHAL MALLA DIPENDRA S AIREE LALIT RAJBANSHI KARAN KC PRATIS GC SUNDEEP JORA BINOD BHANDARI BIBEK YADAV ANIL SAH RASHID KHAN SAGAR DHAKAL AARIF SHEIKH ABINASH BOHARA GULSHAN JHA SOMPAL KAMI Û #NepalCricket#HappyDressingRoom"

प्रतिक्रिया दिनुहोस्