एमालेका कार्यकर्ताले नगर प्रहरीमाथि आक्रमण गरेको बालेनको दाबी



काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले नेकपा एमालेका कार्यकर्ताले नगर प्रहरीमाथि आक्रमण गरेको दाबी गरेका छन् ।  गत बुधवार नगर प्रहरीले फुटपाथ व्यवसायीमाथि आक्रमण नगरेको बालेको दाबी रहेको छ । एमालेका कार्यकर्ताले आक्रमण गरेपछि नगर प्रहरीले आफ्नो आत्मरक्षा गर्न मात्रै खोजेको बालेनको भनाइ रहेको छ ।

‘भिडियोमा देखिएकी महिला सडक बिक्रेता नभई एमाले पार्टी कार्यकर्ता हुन्,’ उनले सामाजिक सञ्जाल इन्सटाग्राममा लेखेका छन् ।   उनले सामाजिक सञ्जालमा देखिएको भिडियो आधा मात्र भएको र यसअघिको भाग सरकारले मेटाएको आरोपसमेत लगाए ।

फुटपाथमा व्यवसाय गरी बस्ने स्वरोजगार मजदुरमाथि सुन्धारा क्षेत्रमा बुधवार साँझ काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले गरेको बल प्रयोगको बारेमा टीकाटिप्पणी भइरहेका बेला बालेनले यस्तो बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्