सरकारका जाने नजानेबारे निर्णय लिन लोसपा पदाधिकारीको बैठक बस्दै 



काठमाडौँ । बदलिँदो राजनीतिक परिस्थितिको बारेमा छलफल गर्न पार्टीहरू आन्तरिक छलफलमा व्यस्त देखिएका छन् । पार्टीका नेताहरूको दौडधुप बालुवाटारदेखि बुढानीलकण्ठ छ । त्यस क्रममा मधेस केन्द्रित दलहरू पनि आन्तरिक छलफलमा जुटेका छन् ।  लोसपा, जनमत, नागरिक उन्मुक्ति पार्टीका नेताहरू बिहानैदेखि आफ्नो पार्टीमा अनौपचारिक छलफलमा जुटेका हुन् ।

लोसपाले सरकामा सहभागी हुने वा नहुने विषयमा निर्णय गर्नको १ बजेका पदाधिकारीको बैठक बोलाएको छ । पार्टी कार्यालय बबरमहलमा बैठक बोलाइएको सो पार्टीका सचिव मनिष मिश्रले जानकारी गराएका हुन् ।  बदलिँदो राजनीतिक परिस्थितिका बारेमा केही ठोस निर्णय गर्नका लागि बैठक बोलाएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्