कुशल मल्लले एकै ओभरमा नेपाललाई दिलाए दुई विकेट



कुशल मल्ल

काठमाडौँ । नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको टी-२० सिरिजअन्तर्गत फाइनलमा नेपालले उपाधि जित्न दिएको १८५ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले नवौँ ओभरमा दुई विकेट गुमाएको छ।

नवौँ ओभरमा नेपालका कुशल मल्लले म्याक्स ओुडाउडलाई २२ रनमा दीपेन्द्रसिंह ऐरीबाट क्याच गराए। यससँगै नेपालले नेदरल्यान्ड्सको ८३ रनको पहिलो विकेटको साझेदारी तोड्न सफल भयो। यही ओभरको पाँचौँ ओभरमा कुशलले माइकल लेभिटलाई ५४ रनमा कप्तान रोहित पौडेलबाट क्याच गराए।

प्रतिक्रिया दिनुहोस्