नेपालको वास्तविक परीक्षा / नेपालको वास्तविक परीक्षा



भुटानी टिम र यसले खेल्ने फुटबलबारे काठमाडौंमा धेरै कथा सुन्न पाइन्छ । कुनै समय थियो, जतिबेला थिम्पु–११ का भुटानी खेलाडी काठमाडौंमा खुबै लोकप्रिय थिए । त्यतिबेला खरे बस्नेत र उनका केही साथीको नाम नसुन्ने को मात्र होला

थिम्पु ११ र पुलिसबीच बर्थ डे कपका फाइनल त अचेल एकादेशको कथा भए । सन् १९८४ मा काठमाडौंमा पहिलो दक्षिण एसियाली खेलकुद हुँदादेखि भुटानसँग नेपालको फुटबल साइनो जोडिएको थियो ।

त्यतिबेला यी दुई टिमबीच खेल हुँदा नेपालको पक्षमा स्कोर थियो, ५–० । गोल गर्ने खेलाडी थिए, किरण राई, गणेश थापा र कृष्ण थापा । अब सन् १९९९ को प्रसङ्ग । त्यतिबेला पनि नेपालले आठौं दक्षिण एसियाली खेलकुद आयोजना गरेको थियो र फुटबलमा नेपालले भुटानमाथि निकालेको स्कोर थियो, ७–० । भुटान लामो समयपछि अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गरेको अवस्थामा थियो । संयोगले यो नै नेपाली टिमले हात पारेको अहिलेसम्मको सबैभन्दा ठूलो जित हो ।

त्यो खेलपछि भुटानी कप्तान दिनेश क्षेत्री भन्थे, ‘हाम्रो तुलनामा नेपालको फुटबल कता हो कता अगाडि छ ।’ अब धेरै पछाडि सन् २००९ मा कोलकातामा नेपाल र भुटानबीचको मैत्रीपूर्ण खेलको प्रसङ्ग । तत्कालीन प्रशिक्षक थिए, उनै कृष्ण थापा । त्यस खेलमा लामो समय एक गोलले पछाडि रहेर नेपालले २–१ को जित निकालेको थियो । फेरि ग्राहम रोबर्टसको पालामा पोखरामा सम्पन्न फ्रेन्डलीमा नेपाल भुटानलाई हराउन संघर्षरत रह्यो ।

 

कति धेरै फरक पुराना र अहिलेको दिनको जित–हारमा । भलै, नेपालका लागि भुटान नै एक मात्र यस्तो प्रतिद्वन्द्वी हो, जसका विरुद्ध नेपाल प्रत्येकपल्ट विजयी रहेको छ । जितबाहेक बराबरी पनि भएको छैन । तर अचेल भुटानी फुटबलको कथा फेरिएको छ । उसले फुटबलमा गरेको प्रगति देखेर नेपाललाई डाहा लाग्न सक्छ । यसै पृष्ठभूमिमा बिहीबार नेपालले साफ च्याम्पिनयसिपमा भुटानको सामना गर्दै छ र यो हुनेछ, नेपालका लागि ‘अल्टिमेट टेस्ट’ ।

यसको नेपाली रूपान्तर हुनसक्छ, वास्तविक परीक्षा । यो खेल जिते, नेपालका लागि प्रतियोगिताको नकआउट चरण प्रवेश जीवन्त हुनेछ । त्योबाहेक अर्को नतिजामा प्रश्न स्वाभाविक बन्ने छ, नेपालले किन फुटबल खेल्ने रु कसरी खेल्ने रु अहिले जसरी फुटबल चलिरहेको छ, त्यसरी नै चल्ने दिने वा होइन, त्यसमा सुधार गर्ने त्यसैले यो नेपालका लागि भुटानविरुद्धको खेलमा सीमित हुने छैन । यो त हुनेछ समग्र नेपाली फुटबलकै वास्तविक परीक्षा ।

‘हार्नुपर्ने कारण छैन’

नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जन भने भुटानविरुद्धको खेलमा आफ्नो टिम हार्नुपर्ने कारण देख्दैनन् । शेख जमाल धनमुन्दी फुटबल क्लबको मैदानमा बुधबार नेपाली टिमले दिउँसो प्रचण्ड गर्मी झेल्दै अभ्यास गरेको थियो ।

त्यसअगाडि नेपाली मिडियासँग कुराकानी गर्दै महर्जनले भने, ‘भुटान र बंगलादेश त्यस्ता टिम होइन, जसविरुद्ध हामीले जित नै निकाल्न सक्ने छैनौं । मलाई आफ्नो टिममा पूरा विश्वास छ । हामी आफूअनुकूल नतिजा निकाल्न सक्षम छौं ।’

नेपालले मंगलबार भएको प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तानसँग २–१ को हार बेहोरेको थियो । भुटान त्यही दिनको खेलमा बंगलादेशविरुद्ध २–० ले पराजित रह्यो । यो हारले दुवै टिम एकखाले दबाबमा छन् र प्रतियोगिताबाट बाहिरिने डरबाट गुज्रिरहेका छन् । ‘म पहिलो खेल हार्दैमा निरास हुने प्रशिक्षक होइन,’ महर्जनले भने, ‘म टिमले राम्रो प्रदर्शन गर्नेमा सकारात्मक छु । नेपाल सेमिफाइनल पुग्नेछ, म यसलाई लिएर आशावादी छु ।’

यसै समूहमा बिहीबार बंगलादेश र पाकिस्तान पनि खेल्ने छन् । यी दुई खेलमा चारै टिमको नजर हुनेछ र सम्भवतस् त्यसयता सेमिफाइनल पुग्ने दुई टिमको समीकरण धेरै हदसम्म स्पष्ट हुनेछ । भुटानविरुद्धको सम्भावित रणनीतिलाई लिएर प्रशिक्षक महर्जनको निष्कर्ष थियो, ‘पाकिस्तानविरुद्ध हाम्रा खेलाडीले कसरी खेले, त्यसमा म सन्तुष्ट नै छु् । तर म पाकिस्तानविरुद्ध हाम्रा खेलाडीले गरेको गल्ती भुटानविरुद्ध पनि दोहोर्‍याउन दिने छैन ।’ अन्त्यमा उनको भनाइ थियो, नेपाली टिमलाई सबै प्रशंसकको शुभेच्छा पनि चाहिन्छ ।

खुला खेल

भुटानी प्रशिक्षक ट्रेभर मोर्गन पनि नेपालविरुद्धको खेललाई लिएर उत्साही छन् । उनको भनाइ छ, दुवै टिम पहिलो खेलमा पराजित रहेको हुँदा दुवैले स्पष्ट जितलाई खेल्नेछन् । त्यसैले प्रतिस्पर्धा रहने छ, ‘ओपन गेम’ अर्थात खुला खेल ।

इस्ट बंगालमा दुई अवसरमा प्रशिक्षक रहिसकेका मोर्गनको पनि दाबी छ, पछिल्लो समय भुटानी फुटबलमा सुधार आएको छ, त्यसैले भुटानलाई कमजोर मानेर पहिले जस्तै खेल्नु गम्भीर भुल हुनेछ ।

भुटानका प्रमुख खेलाडी रहनेछन्, मिनरेवा पन्जाबका चेन्चो ग्याल्सेन । पन्जाबले पछिल्लो जे लिग जित्दा जहाँ गोलपोस्टको जिम्मा किरण लिम्बुले सम्हालेका थिए, त्यहीं आक्रमणको जिम्मा ग्याल्सेनको काँधमा थियो ।

भुटानी फुटबलले गरेको प्रगतिको सबैभन्दा राम्रो उदाहरण हुन्, यिनै ग्याल्सेन । उनी भुटानका लागि सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन् । नेपालले आफ्नो अनुकूल नतिजा निकाल्ने हो भने यी ग्याल्सेनलाई रोक्नैपर्ने हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहँदा खुलेका सार्वजनिक यातायातमा आवतजावत गर्न जोखिमपूर्ण बनेको छ

काठमाडौं : काठमाडौं उपत्यका कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामा

काठमाडौं– सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले बञ्चरेडाँडा ल्याण्डफिल्ड साइड निर्माणको काम दशैअगाडी नै सम्पन्न हुने

काठमाडौं– धेरै विधाका मानिसलाई सरकारले संविधान दिवसको अवसर पारेर विभुषित ग¥यो । खेलकुद क्षेत्रलाई योगदान

काठमाडौं : आन्तरिक वायुसेवा कम्पनीहरुले भाडा नबढाउन भएको छ । सरकारले भाडा बढाएर ५० प्रतिशत

काठमाडौं : नेपाली सेनामा कार्यरत एक सैनिकको कोराना संक्रमणबाट मृत्यु भएको छ । काठमाडौँमा सेवारत

धादिङ : पेट्रोल बोकेको ट्यांकर त्रिशूलीमा खसेको छ । पृथ्वी राजमार्गस्थित गल्छी बैरेनीको नमस्ते ग्यास

नेपालगञ्ज : बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२१ पुरैनीका ५९

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किंग्सले विजयी सुरुवात गरेको छ। उसले

काठमाडौं : रौतहटको चन्द्रनिगाहपुरकी कोरोना संक्रमित महिलाको चितवनमा मृत्यु भएको छ ।चितवनमा मेडिकल कलेज भरतपुरको

काठमाडौं : पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले ५ विषयमा संविधान संशोधन गर्नुपर्ने बताएका छन्। शनिबार बिहान

नेपाल उद्योग वाणिज्य महासंघले मंसिर दोस्रो साता मात्रै साधरणसभा गर्ने निर्णय लिएको छ । शुक्रबार