टिकट काट्न लाइनमा बसेका बिरामीको मृत्यु



काठमाडौँ । चितवनमा उपचारका लागि टिकट काट्न लाइनमा बसेका बिरामीको मृत्यु भएको छ । बागमती प्रदेश सरकार मातहतको बकुलहर रत्ननगर अस्पतालमा उपचारका लागि आएमा एक युवकको टिकट काट्न लाइनमा बसेकै बेला मृत्यु भएको हो ।

पूर्वी चितवनको सो अस्पतालमा बहिरङ्ग सेवा (ओपिडी)को टिकट काट्न लाइनमा बसेका रत्ननगर नगरपालिका वडा नम्बर–३ लौरीघोलका जीवनबाबु थापामगरको टिकट काट्न लाइनमा बस्दै गर्दा मृत्यु भएको हो । आइतबार बिहान ३४ वर्षका मगरको सडेन कार्डियाक डेथ भएको हो ।

मधुमेह रोगका पीडित उनी आइतबार बिहान उपचारका लागि अस्पताल आएका थिए । अचानक ढलेका उनलाई इमर्जेन्सी विभाग पुर्याउँदा मृत्यु भइसकेको थियो । थापाको शव परिवारका सदस्यले जिम्मा लिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्