भरुवा बन्दुक सहित पक्राउ



सुर्खेत : पश्चिम सुर्खेतको प्रहरी चौकी बड्डीचौरले भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ । मंगलबार साँझ बड्डीचौरबाट खटिएको गस्ती टोलीले बराहताल गाउँपालिका–५ बस्ने कुलबहादुर पुलामीलाई पक्राउ गरेको हो । 

घरदेखि २४ मिटर टाढाको जमिनमुनि लुकाइराखेको अवस्थामा भरुवा बन्दुक र बन्दुकमा लाग्ने बारुद्ध बरामत गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

पुलामीलाई हतियारसहित नियन्त्रणमा लिएर हातहतियार खरखजाना मुद्धामा अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्