आज नरसिंह द्वादशीको व्रत, भगवान् विष्णुलाई प्रसन्न गर्न अपनाउनुहोस् यी उपाय



नरसिंह द्वादशीको पूजा

काठमाडौँ । नरसिंह द्वादशीका दिन भगवान् विष्णुको सिंह अवतारको पूजा आराधना गरिन्छ । पौराणिक मान्यता र धार्मिक ग्रन्थका अनुसार यस मितिमा भगवान् विष्णुले नरसिंहको रूपमा अवतार लिएर भक्त प्रह्लादको रक्षा गर्न हिरण्यकश्यपको वध गरेका थिए । भगवान् विष्णुले यो अवतार लिएको दिन फाल्गुन शुक्ल पक्षको द्वादशी तिथि थियो । त्यसयता यस दिनलाई नरसिंहको जन्म जयन्तीका रूपमा मनाइन्छ।

नरसिंह द्वादशीको यो दिन वेद र पुराणहरूमा पनि उल्लेख गरिएको छ। जसमा भनिएको छ कि यस दिन भगवान् विष्णुले आफ्ना बाह्र अवतार मध्ये एक नरसिंहको रूपमा अवतार धारण गरेका थिए । त्यस बेलादेखि यो पर्वको सुरुवात मानिन्छ। आजको दिन भगवान् विष्णुको अवतार नरसिंहको पूजा गर्नाले सबै मनोकामना पूरा हुने विश्वास छ ।

मान्यता अनुसार भगवान् विष्णुका बाह्र अवतार मध्ये एक नरसिंह अवतार भक्त प्रह्लादको रक्षाका लागि स्तम्भ फुटाएर प्रकट भएका थिए । यस अवतारमा आधा शरीर मानवको र आधा सिंहको हुन्छ। उहाँलाई भगवान् विष्णुको उग्र रूपको अवतार पनि मानिन्छ। नरसिंह द्वादशीको व्रत गर्नाले व्यक्तिले सांसारिक सुख, भोग र मोक्ष प्राप्त गर्छ । यस दिन नृसिंह भगवानको साँचो मनले पूजा गर्ने व्यक्तिको जीवनका सबै दुस्खहरू हट्छन्।

नरसिंह द्वादशीको पूजा

भगवान् विष्णुको नरसिंह अवतारको पूजा गर्न बिहान सबेरै उठ्ने, नुहाउने र सफा कपडा लगाउने । भगवान् विष्णुलाई पहेँलो रङ्ग धेरै मन पर्छ, त्यसैले यस दिन पहेँलो वस्त्र लगाउनु शुभ मानिन्छ। त्यसपछि पूर्व वा उत्तर दिशामा फर्केर बस्नुहोस् र पूजा सुरु गर्नुहोस्। यसपछि भगवान् विष्णुलाई धूप, दियो, फूल, कपूर, रोली, लाल चन्दन र मोदक आदि चढाउनुहोस्। अब भगवान् विष्णुको आरती गर्नुहोस् र उहाँका मन्त्रहरूको जप गर्नुहोस्। यस दिन विधि अनुसार पूजा गर्नाले शुभ फल प्राप्त हुने जनविश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्