कर्णाली नदीमा बेपत्ता भएका युवकको शव भेटियो



काठमाडौँ । कैलालीको चिसापानी पुलबाट हाम फालेर कर्णाली नदीमा बेपत्ता भएका लोकेन्द्र शाहीको शव फेला परेको छ । गत सोमवार होली खेलेपछि कर्णाली पुलबाट १७ जना युवाले हाम फालेका थिए । तीमध्ये लम्कीचुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाही बेपत्ता भएका थिए । शाहीको शव टीकापुर सन्कट्टी घाटमा फेला पारेको प्रहरीले जनाएको छ ।

होली खेलिरहेका युवा फोटो खिच्ने भन्दै कर्णाली पुलमा पुगेका र त्यहाँबाट हाम फालेका थिए । पुलबाट हाम फालेका अरू युवा भने पौडी खेलेर पार लागेका थिए ।

प्रतिक्रिया दिनुहोस्