एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै



काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा  बिहान ११ बजे  बैठक बस्न लागोको हो ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकारको काम कारबाही र पार्टीको आगामी कार्यदिशाबारे छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्