अल हिलाललाई साउदी लिग उपाधि



काठमाडौँ । अल हिलालले साउदी प्रो लिग सिजन २०२३/२४ को उपाधि जित्ने पक्का भएको छ । अल हाजेम विरुद्ध शनिबार भएको खेलमा ४९१ को जित संगै अल हिलालको लिग उपाधि पक्का भएको हो ।

अल हिलालको जितमा अलेकसान्दर मिट्रोभिचले दुई गोल गरे । यस्तै सर्गेज मिलिन्कोभिच-स्याभिचले एक गोल गरे भने एक गोल अहमद अल जुवाइदको आत्मघाती गोल रह्यो । अल हाजेमका लागि फैज सेलेमानीले एक गोल गरेका थिए ।

लिगमा तीन खेल बाँकी रहँदा अल हिलालको ८९ अङ्क पुगेको छ । दोस्रो स्थानमा रहेको अल नासरको ३१ खेलमा ७७ अङ्क रहेको छ । अल हिलालको यो कीर्तिमानी १९औँ लिग उपाधि हो । गत सिजन अल इतिहाडले लिग जित्नु अघि अल हिलालले लगातार तीन सिजन लिग उपाधि उचालेको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्