भरतपुरमा स्कुल बसमा आगजनी



काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका २० दद्रेनी नजिकै विद्यार्थी लिन गएको स्मल हेभन स्कुल कल्याणपुरको बसमा अज्ञात समूहले आगजनी गरेको छ ।

विद्यालयका अनुसार चनौली, द्रद्रेनी, शुक्रनगर पटिहानी हुँदै विद्यार्थी लिन गएको बागमती प्रदेश ०६ ००१ क ००४५ नम्बरको बसमा ६ जनाको समूहले आगजनी गरेर भागेको हो ।

बस जलेर पूर्ण रूपमा क्षति भएको छ । तीन वटा मोटरसाइकलमा आएका ६ जनाको समूहले बसमा पेट्रोल छर्किएर आगो लगाएका हुन् । उनीहरू सबै फरार छन् ।

बस जलाउने व्यक्तिहरूले बसका सहचालकको मोबाइलसमेत लुटेर लगेका छन् ।  जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धानका लागि प्रहरी टोली परिचालन गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्