काँग्रेस संसदीय दलको बैठक सर्‍यो



काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक सरेको छ । आज दिउँसोका लागि तय गरिएका दुवै बैठक स्थगित गरिएको नेपाली काँग्रेस संसदीय दलले जनाएको छ ।

आज स्थगित भएको बैठक जेठ १ गते बस्नेछ । संसदीय दल कार्यसमितिको बैठक बिहान ८ बजे र दलको बैठक ९ बजे बस्ने काँग्रेसले जनाएको छ । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने तय भएको छ । संसद्मा सिर्जना भएको घटनाक्रमबारे थप छलफल गर्नका लागि बैठक बोलाइएको काँग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्