काँग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने



काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारको नीति तथा कार्यक्रम सङ्घीय संसद्मा पेस गर्न दिने भएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने तर त्यसमाथिको छलफल गर्न नदिने काँग्रेसको रणनीति रहेको छ ।

आज दिउँसो तीन बजे बस्ने सङ्घीय संसद्को बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छन् । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने उपर छानबिन गर्न संसदीय समिति गठन नभए नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने चेतावनी काँग्रेसले दिएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काँग्रेस नेताहरूलाई आज बिहान बालुवाटारस्थित निवासमा बोलाएर सहकारीका समस्या समाधान गर्ने प्रतिबद्धता जनाउँदै संसद् अवरोध नगरिदिन आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्