राजस्थान पञ्जाबविरुद्ध पराजित



काठमाडौँ । इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत बुधवार सम्पन्न एकमात्र खेलमा दोस्रो स्थानको राजस्थान रोयल्स पञ्जाब किंग्स विरुद्ध पराजित भएको छ । पञ्जाबले राजस्थानलाई ५ विकेटले पराजित गरेको हो ।

राजस्थानले दिएको १४५ रनको मध्यम लक्ष्य पञ्जाबले ५ विकेट गुमाएर ७ बल बाँकी छँदा भेटायो । पन्जाबका कप्तान स्याम करनले ४१ बलमा ५ चौका र ३ छक्का सहित सर्वाधिक ६३ रनको अविजित इनिङ खेले ।

यस्तै राईलि रुसो र जितेश शर्माले समान २२-२२ रन बनाए । आशुतोष शर्माले १७ रन जोडे । राजस्थानका लागि आभेस खान र युजभेन्द्र चहलले समान २-२ विकेट लिँदा एक विकेट ट्रेन्ट बोल्टको नाममा रह्यो ।

त्यसअघि गुवाहाटीमा टस जितेर ब्याटिङ गरेको राजस्थानले ९ विकेटको क्षतिमा १४४ रन मात्र बनाउन सक्यो । राजस्थानका रियान परागले ३४ बलमा बनाएको ४८ रन नै सर्वाधिक रह्यो । रविचन्द्रण आश्विनले २८ रन बनाउँदा कप्तान सञ्जु स्यामसन र टम कोहलर-क्याडमोरले समान १८ रन बनाए ।

पन्जाबका स्याम करन, हर्शल पटेल र राहुल चहरले २-२ विकेट लिए भने अर्शदिप सिंह र नेथन एलिसले १-१ विकेट लिए । जित पश्चात यसअघि नै प्लेअफ दौडबाट बाहिरिएको पञ्जाबको १३ खेलमा १० अङ्क पुगेको छ । प्लेअफमा पुगिसकेको राजस्थानको १३ खेलमा १६ अङ्क छ । आईपिएलमा बिहीबार हुने खेलमा सनराईजर्स हैदराबाद र गुजरात टाईटन्स भिड्ने छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्