सांसदलाई सदनमा अनिवार्य उपस्थित हुन काँग्रेसको निर्देशन



काठमाडौँ। नेपाली काँग्रेसले संसद्मा अनिवार्य उपस्थित हुन सांसदलाई निर्देशन दिएको छ । बिहीबारका लागि बोलाइएको संसद् बैठकमा अनिवार्य उपस्थित हुन भन्दै काँग्रेसले सांसदहरूलाई म्यासेज पठाएको छ ।

प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । १ जेठमा संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । राष्ट्रपति पौडेललाई धन्यवाद प्रस्ताव समेत पारित गर्न प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले दिएको थिएन । काँग्रेसको अवरोधका कारणले नीति तथा कार्यक्रम बाहेकका कार्यसूचीमा संसद् बैठक प्रवेश गर्न पाएको छैन ।

सहकारीको रकम अपचलनमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ । आजको प्रारम्भिक कार्यसूचीमा गृहमन्त्री रवि लामिछानेले संसद्मा जवाफ दिने कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहोस्