संसद् खुलाउन काँग्रेस तयार, गृहमन्त्री लामिछानेलाई बोल्न दिने



काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधिसभाको बैठकमा अवरोध नगर्ने भएको छ । प्रतिनिधिसभाको आजको बैठक अपराह्न चार बजे बस्ने भएको छ । उक्त बैठकमा नेपाली काँग्रेसले अवरोध नगर्ने र गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने भएको हो ।

यसभन्दा अघि काँग्रेसले सहकारीको रकम अपचलनका सन्दर्भमा निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै संसद् बैठक अवरोध गर्दै आएको थियो ।

गृहमन्त्री लामिछानेले आफूलाई संसद्मा बोल्न दिए मात्र संसदीय छानबिन समिति गठनबारे छलफल गर्न सकिने बताउँदै आएका छन् । यसैबिच आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका शीर्ष नेताहरूबिच भएको छलफलपछि गृहमन्त्री लामिछानेलाई संसद्मा बोल्न दिन काँग्रेस तयार भएको हो ।

प्रतिक्रिया दिनुहोस्