यदि जीवनमा सङ्कटै सङ्कट छ, सोम प्रदोष व्रतमा गर्नुहोस् यस्तो कर्म 



काठमाडौँ । हिन्दु धर्ममा प्रदोष व्रतको ठुलो महत्त्व छ । यो व्रत भगवान् शिव र माता पार्वतीको लागि समर्पित छ। यस शुभ दिनमा भक्तहरूले भगवान् भोलेनाथको विशेष पूजा अर्चना गर्छन्। साथै उहाँको आशीर्वाद पाउनको लागि व्रत बसेर शिवालय जान्छन् । यस पटक सोम प्रदोष व्रत आउँदो सोमबार मनाइँदै छ। सोमबार पर्ने भएकाले यसलाई सोम प्रदोष व्रत भनिन्छ । सोम प्रदोष व्रत भगवान् शिवको लागि समर्पित एक धेरै महत्त्वपूर्ण व्रत मानिन्छ। यो व्रत प्रत्येक महिनाको शुक्ल पक्ष र कृष्ण पक्षको त्रयोदशीका दिन सोमबार मनाइन्छ ।

सोम प्रदोष व्रतलाई भगवान् शिवको आशीर्वाद लिनको लागि शुभ दिन मानिन्छ। यो व्रत गर्नाले जानाजानी वा नजानेर गरेका पाप नष्ट भई पुण्य प्राप्त हुने जनविश्वास छ । यो व्रत साँचो मन र भक्तिपूर्वक पालन गरेमा भगवान् शिवले भक्तजनको सबै मनोकाङ्क्षा पूरा गर्ने जनाइएको छ । यो व्रत दुःखबाट मुक्ति प्रदान गर्ने मानिन्छ। सोम प्रदोष व्रत गर्दा सौभाग्य वृद्धि हुने जनविश्वास छ ।

कडा परिश्रम गरेर पनि सफलता मिल्दैन र बारम्बार कठिनाइको सामना गर्नु परेको छ भने सोम प्रदोष व्रतको दिन शिवलिंगमा अक्षत र मह चढाउनुपर्छ । यसो गर्नाले व्यक्तिलाई कार्यस्थलमा सफलता मिल्नुका साथै आर्थिक लाभको सम्भावना पनि रहेको बताइएको छ ।

पितृ दोषबाट मुक्ति पाउन वा पितृहरूलाई प्रसन्न पार्न चाहनुहुन्छ भने सोम प्रदोष व्रतको दिन शिवलिंगमा कालो तिल चढाउनुपर्छ । यसबाट पितृ दोषबाट मुक्ति मिल्नुका साथै सुख र समृद्धि प्राप्त हुने जनविश्वास रहेको छ । यदि तपाई कडा परिश्रम गरेर पनि आर्थिक सङ्कटको सामना गर्दै हुनुहुन्छ भने सोम प्रदोष व्रतको दिन शिव लिङ्गमा दूध चढाउनुले तपाईँको सबै मनोकामना पनि पूरा हुन सक्छ ।

यदि तपाई पुरानो ऋणले हैरान हुनुहुन्छ वा ऋणको बोझ बढ्दै गएको छ भने सोम प्रदोष व्रतको दिन अवश्य शिवलिंगमा दही चढाउनुपर्छ । यसबाट मानिसलाई शुभ फल मिल्ने र ऋणबाट मुक्ति मिल्ने बताइएको छ । सुख, समृद्धि र सौभाग्यमा वृद्धि हुने सम्भावना पनि छ।

यदि कुनै व्यक्तिको वैवाहिक जीवनमा कुनै प्रकारको बाधा आउँछ र दाम्पत्य जीवनमा सधैँ तनाव रहन्छ भने सोम प्रदोष व्रतको दिन अवश्य शिवलिंगमा बेलपत्र चढाउनुपर्छ । यसले लाभदायक हुने र साथसाथै व्यक्तिलाई अनन्त फल प्राप्त हुने विश्वास गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्