कोलकत्ता र राजस्थान बीचको खेलमा वर्षा बाधक



काठमाडौँ । इंडियन प्रिमियर लिग (आईपिएल) सिजनको राउण्ड रोबिन चरण अन्तर्गतको अन्तिम खेलमा वर्षा बाधक बनेको छ । कोलकत्ता नाईट राइडर्स र राजस्थान रोयल्स बीचको खेल वर्षाका कारण एक बल पनि नखसिकन रद्द भएपछि राजस्थानले तेस्रो स्थानमा चित्त बुझाउनु पर्नेछ छ ।

कोलकत्ताले यस खेल अघि शीर्ष स्थानमा रही प्लेअफमा स्थान बनाइसकेको थियो । तर राजस्थानका लागि सो खेलमा दोस्रो स्थानमा रहनका लागि जित आवश्यक थियो । दोस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि क्वालिफायर खेल्ने गर्दछन् । तर अंक बाँडिएपछि राजस्थानले तेस्रो स्थानमा चित्त बुझाउनु परेको छ ।

खेलमा नतिजा नआएपछि हैदराबाद दोस्रो हुँदै प्लेअफमा पुग्न सफल भयो । हैदराबाद र राजस्थान दुवैको १७ अंक रहेपनि नेट रनरेटका आधारमा हैदराबाद दोस्रो हुन पुग्यो ।

हैदराबाद र कोलकत्ता मंगलबार फाइनल प्रवेशका लागि खेल्नेछन् । तेस्रो भएको राजस्थानले एलिमिनेटरमा चौथो स्थान हासिल गरेको रोयल च्यालेनजर्स बेंगलूरु फाइनल प्रवेशका सम्भावना कायम राख्न बुधवार भिड्ने छन् ।

क्वालिफायरमा हार बेहोर्ने टोलीले फाइनल पुग्ने दोस्रो मौका पाउने छ । सो मौका एलिमिनेटरको विजेता विरुद्ध दोस्रो क्वालिफायरमा रहनेछ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्