आज सोम प्रदोष व्रत : यी सजिलो काम गरे, भोलेनाथले भरिदिनुहुनेछ खुशी 



काठमाडौँ । हिन्दु धर्ममा सोम प्रदोष व्रतलाई निकै शुभ र महत्त्वपूर्ण मानिन्छ । आजको दिन भगवान् शिव महादेवको पूजा गर्नाले मानिसको जीवनमा आउने सबै समस्याहरू हट्न सकिन्छ । वैवाहिक जीवनमा आउने बाधाहरू पनि हट्न सक्छन्। प्रत्येक महिनाको शुक्ल पक्ष र कृष्ण पक्षको त्रयोदशी तिथिमा प्रदोष व्रत मनाइन्छ, जुन व्रत अत्यन्त फलदायी मानिन्छ । यो व्रत गर्नाले भगवान् शिवको आशीर्वाद प्राप्त हुन्छ र सबै मनोकामना पूरा हुन्छ ।

सोमबार पर्ने भएकाले यसलाई सोम प्रदोष व्रत भनिन्छ । प्रदोष व्रतलाई भगवान् शिवलाई प्रसन्न गर्ने उत्तम दिन मानिन्छ। सन्तान नभएको दम्पतीले सन्तानको सुख प्राप्त गर्न, वैवाहिक जीवनमा आउने बाधाहरू हटाउन र दाम्पत्य जीवनमा सुख प्राप्त गर्न सोम प्रदोष व्रत उत्तम मानिन्छ।

जसको कुण्डलीमा चन्द्रमाको स्थिति अशुभ छ, उनीहरूलाई सोम प्रदोष व्रत बस्न सल्लाह दिइन्छ । पुराणका अनुसार सोम प्रदोष व्रत गर्नाले गाई दान बराबर फल मिल्छ । सोम प्रदोष व्रतको दिन केही सरल ज्योतिषी उपाय अपनाएर चन्द्रमा र शुक्र ग्रहसँग सम्बन्धित दोष हटाउन सकिन्छ । यी उपायहरूबाट प्रसन्न भएर भगवान् शिवले आफ्ना भक्तहरूको झोला खुसीले भर्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्