सन्दीपलाई विश्वकप खेलाउन भिसा प्रक्रिया अगाडि बढ्यो



काठमाडौँ। नेपाल क्रिकेट सङ्घ (क्यान)ले लगे स्पिनर सन्दीप लामिछानेलाई आईसीसी टी–२० विश्वकप खेलाउन पहल गरिरहेको जनाकारी गराएको छ । क्यानका सचिव पारस खड्काले मङ्गलवार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएका हुन्। ‘सन्दीप लामिछानेलाई विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन पठाउने सन्दर्भमा यस सङ्घबाट गम्भीरताका साथ आईसीसीलगायत सम्बन्धित निकायहरूमा पहल भइरहेको छ,’ खड्काले भनेको छ।

उनलाई अमेरिका पठाउने प्रक्रिया अगाडि बढाइएको पनि  खड्काले बताएका छन्। अमेरिका र वेस्ट इन्डिजमा १ जुनदेखि सुरु हुने प्रतियोगिताका लागि नेपाली टोली हाल अमेरिकामा छ।

‘संयुक्त राज्य अमेरिकाको भिसाको प्रक्रिया अगाडी बढाइएको ब्यहोरा जानकारी गराउँदै यस सङ्घबाट निजको विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिता सम्बन्धी सबै आवश्यक प्रक्रिया अगाडी बढाई सकिएको ब्यहोरा समेत अवगत गराउन चाहन्छु,’ खड्काले भनेका छन्।

प्रतिक्रिया दिनुहोस्