‘चिनीको मूल्य बढाउने डिजाइन फेल बनायौँ’



काठमाडौं : चिनीको मूल्य प्रतिकिलो १ सय रुपैयाँ पुर्‍याउने व्यवसायीको डिजाइनलाई असफल बनाएको दाबी संसदको सार्वजनिक लेखा समितिले गरेको छ । 

पूर्व वाणिज्य तथा आपूर्तिमन्त्री एवम सांसद लखेराज भट्टको संयोजकत्वमा नेको उपसमितिले पेस गरेको प्रतिवेदनउपर छलफल गर्दै सभापति भरतकुमार शाहले धेरै चलखेल भएको दाबी गरे । 

'चिनीमा धेरै चलखेल थियो । लेखा समितिले हात नहालेको भए प्रतिकिलो एक सय पुर्‍याउने डिजाइन नै हो । कुनै पनि हालतमा एक सय रुपैयाँ पुग्थ्यो,' शाहले भने 'समितिको निर्णयले व्यापारीहरु केहि हदसम्म हच्केका छन् ।' चाडवाडको मुखमा चिनीको मूल्यमा समिति र आपूर्ति मन्त्रालयबीच विवाद देखिएको थियो । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्