जितका साथ बार्सिलोनामा जाभीको बिदाइ



काठमाडौँ । जितका साथ जाभी हर्नान्डेजले बार्सिलोनाको प्रशिक्षण यात्राको अन्त्य गरेका छन् । स्पेनिस ला लिगामा आफ्नो अन्तिम खेलमा आइतबार बार्सिलोना सेभियालाई २–१ ले हराएको हो । बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्की र फर्मिन लोपेजले गोल गरे । सेभियाका लागि एन नेसिरीले गोल गरे । खेलको समाप्तिपछि बार्सिलोनाका खेलाडीले जाभीलाई बिदाइ गरे । बार्सिलोनाले यसअघि नै दोस्रो स्थान हासिल गर्दै अर्को सिजन साउदी अरबमा हुने स्पेनिस सुपर कपमा स्थान पक्का गरिसकेको छ ।

१५औँ मिनेटमा लेवान्डोस्कीको गोलमा बार्सिलोनाले अग्रता लियो । ३१औँ मिनेटमा एन नेसिरीले गोल गर्दै सेभियालाई खेलामा फर्काए । ५९औँ मिनेटमा लोपेजले गोल गर्दै बार्सिलोनालाई २–१ को जित दिलाए । रियल म्याड्रिडले यो सिजनको स्पेनिस ला लिगा जितिसकेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्