केराका बोट काटेको आरोपमा ४ बालक पक्राउ



काठमाडौँ ।  चितवनमा किसानले लगाएको केराका बोट काटेको आरोपमा ४ जना बालकलाई प्रहरीले पक्राउ गरेको छ ।

खैरहनी नगरपालिका वडा नम्बर ३ स्थित करिब पाँच कट्ठा जग्गामा लगाइएका ३१५ बोट केरा यही जेठ १ गते राति ११ बजेतिर काटिएको अवस्थामा फेला परेका थिए । केराका बोट काटिदिएको आरोपमा १२, १३ र १४ वर्षका बालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरूलाई जेठ १० गते पक्राउ गरेको हो । अहिले चितवन जिल्ला अदालतबाट आपराधिक उपद्रव मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको चितवन प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्