तोलामा ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य



काठमाडौँ । नेपालमा बुधवार सुन र चाँदी दुवैको मूल्य बढेको छ। सुनको प्रतितोला ६ सय रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

महासङ्घका अनुसार बुधवार छापावाल सुन १ लाख ३८ हजार २ सय र तेजाबी सुन १ लाख ३७ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको छ। त्यस्तै चाँदी १ हजार ९ सय ३० रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको छ।

मङ्गलवार छापावाल सुन १ लाख ३७ हजार ६ सय, तेजाबी सुन १ लाख ३६ हजार ९ सय ५० र चाँदी १ हजार ९ सय २० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्