अत्यधिक गर्मीका कारण रौतहटका विद्यालय बन्द



काठमाडौँ । अत्यधिक गर्मीको कारण रौतहटको जनजीवन प्रभावित भएको छ । गर्मीका कारण स्थानीय तहहरूले सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिन थालेका छन् । रौतहटमा तापमान ४४ डिग्री सेल्सियससम्म पुगेपछि शिक्षा विकास तथा समन्वय एकाइ रौतहटले जिल्लाका १८ वटै स्थानीय सरकारलाई गर्मी बिदा दिन आग्रह गरेको थियो ।

उच्च तापमानका कारण विद्यालयमा विद्यार्थीहरू बेहोस हुने तथा लू लाग्ने समस्या आएपछि गौर नगरपालिका तथा कटहरीया नगरपालिकाले सबै सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्