नेपाल र अमेरिकाबिच वार्म अप खेल आज



काठमाडौँ । नेपाली क्रिकेट टोलीले आइसिसी टि ट्वान्टी विश्वकपको वार्म अप अन्तर्गत दोस्रो तथा अन्तिम खेल आज अमेरिकासँग  खेल्दै छ ।

डालास स्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा खेल नेपाली समय अनुसार साँझ ९:१५ ( स्थानीय समय अनुसार बिहान १०:३० बजे)सुरु हुनेछ।

नेपाल सोमबार पहिलो वार्म अप म्याच क्यानडासँग ६३ रनले पराजित भएको थियो। सोही मैदानमा‌‌ मङ्गलवारका लागि तय अमेरिका र बङ्गलादेशबिचको वार्म अप खेल भने बर्षाका कारण रद्द भएको थियो। डालास आउनुअघि ह्युस्टनमा भएको ३ खेलको श्रृंखलामा अमेरिकाले बंगलादेशलाई‌ २-१ ले हराएको थियो।

जुन १ बाट सुरु हुने विश्व कपमा नेपालले पहिलो खेल जुन ५ मा नेदरल्यान्ड्ससँग खेल्नेछ । जुन ११ मा श्रीलङ्का, जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ मा बङ्गलादेशसँग खेल्नेछ । यस पटकको विश्व कप अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गर्दै छन् ।

प्रतिक्रिया दिनुहोस्