बजेटमाथि आएका सकारात्मक प्रतिक्रियाले थप उत्साहित अर्थमन्त्री 



काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्रको रूपान्तरण गर्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याएको बताएका छन्। आर्थिक पत्रकार सङ्घ (नाफिज)ले बिहीबार काठमाडौँमा आयोजना गरेको बजेट छलफल कार्यक्रममा मन्त्री पुनले  सबैका साझा सोचबाट मुलुकको अर्थतन्त्रको बृहत् रूपान्तरण गर्ने गरी बजेट ल्याएको दाबी गरे।

उनले बजेटमा प्रतिपक्षी दलहरूको समेत सकारात्मक प्रतिक्रियाले आफू थप उत्साहित भएको बताए। सदनमा लगातार प्रतिपक्षीको विरोधका बजेट बजेट ल्याउन निकै गाह्रो अवस्था रहेपछि अन्तिम प्रधानमन्त्रीको पहलले सदनको गतिरोध अन्त्य भएको र तथ्यमा आधारित बजेट ल्याउन सकिएको उनले बताए।

उनले करका दर हेरफेरमा मिश्रित प्रतिक्रिया आएको भन्दै निजी क्षेत्रसँग छलफल गर्दै अघि बढ्ने बताए । त्यस्तै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रले अघि सारेको आर्थिक सुधारको विषयलाई सरकारले बजेटमार्फत सम्बोधन गरेको बताए ।

उनले अब बजेट कार्यान्वयनमा विशेष ध्यान दिन सुझाव दिए । मर्जर र एक्विजिसनको सुविधा अहिलेको बजेटले काटेको र यसले नकारात्मक सन्देश दिने भएकाले यसलाई सुधार गर्ने उनले विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्