भारतको जम्मुमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु



काठमाडौँ । भारतको जम्मुमा तीर्थयात्री सवार बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । ६९ जना घाइते भएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार जम्मु–पुँछ राजमार्ग अन्तर्गत चोकीचोरा भन्ने स्थानमा बिहीबार बस दुर्घटना भएको हो । बस करिब १५० फिट तल खसेको छ ।

भारतीय सञ्चार माध्यमहरूका अनुसार उत्तर प्रदेशको हाथरस र राज स्थानका करिब ९० जना तीर्थ यात्री बसमा थिए । उनीहरू हरियाणाको कुरुक्षेत्रबाट जम्मुकश्मीरको रियासी जिल्लातर्फ जाँदै गर्दा दुर्घटनामा परेका हुन् ।घाइतेहरूलाई जम्मुको अखनुर अस्पतालमा र सरकारी मेडिकल कलेजमा भर्ना गरिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई २–२ लाख रुपैयाँ र घाइतेहरूलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्