विदेशी जुट्ने ठाउँमै दिनहुँ बबाल



काठमाडौं : राज्यले हरियो नम्बर प्लेटको गाडीले पर्यटक बोक्ने, कालो प्लेटले भाडामा यात्रु ओसार्ने र रातोलाई चाहिँ निजी प्रयोग गर्ने भनेको छ । तर, राजधानीमा यस्तो एउटा राष्ट्रियदेखि अन्तर्राष्ट्रिय पर्यटकको भीड हुने स्थान छ जहाँ खुलमखुल्ला सरकारी नियम मिचेर रातो प्लेटले पर्यटक ओसार्छन् र राज्यका निकाय रमिते बनिरहन्छन् । 

अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले पनि व्यक्तिगत प्रयोजनका लागि लिइएका २ सयवटा रातो नम्बर प्लेटका गाडीले दैनिक विदेशी यात्रुसँग डलरमा भाडा लिएर व्यवसायी चलाईरहेका छन् ।

 

निजी प्रयोजनका लागि लिएर पुर्णतः व्यावसायिक प्रयोगमा लगाईएका यस्ता गाडी चलाउन नदिनु भनी गृहमन्त्रालय, पर्यटन मन्त्रालय र विमानस्थल व्यवस्थापनको जिम्मा लिएको नागरिक उड्डायन प्राधिकरणले धेरै पटक लिखित निर्देशन दिएतापनि बर्षौँदेखि यी गाडी निर्वाध चलिरहेका छन् ।, यो खबर आजको जनआस्था साप्ताहिकमा छ । 

प्रतिक्रिया दिनुहोस्