न्युरोडबासीको दोहोरो चरित्र : सवारीसाधन पार्किङ गरिँदा केही नहुने, फुटपाथ बनाउन खोज्दा सडकमा उत्रिने !



रुषा थापा, भक्तपुर । मुलुकभरका जनता काठमाडौँ उपत्यकामा थुप्रिएका छन् । काठमाडौँ, ललितपुर र भक्तपुर यी तीन जिल्लामा मानिसको चाप थेगिनसक्नु छ । पैसा हुने वा सक्ने फ्ल्याट लिएर बसेका छन् भने नसक्नेहरू कोठामा सीमित छन् । उपत्यकाबासी भने यहाँको घर बेचेर विदेशी पलायन हुने वा यहाँको सम्पत्ति बेचेर अमेरिका, अस्ट्रेलिया लैजाने क्रम बढिरहेको छ ।

देशभरका जनता शिक्षा, स्वास्थ्य, रोजगारीलगायत विभिन्न सेवा सुविधाको खोजीमा उपत्यका आउने भएकोले यहाँ घरजग्गाको मूल्य आकासिएको हो । कोठा, सटर र फ्ल्याटको भाडा पनि ह्वात्तै बढेको हो । बाहिरी जिल्ला वा विदेशबाट आएका पर्यटकहरू प्रायजसो न्युरोड, असन, विशालबजार, ठमेल, इन्द्रचोक, भोटाहिटीलगायत स्थान पुग्छन् ।

त्यहाँ फुटपाथ छैन । बिच सडकबाट हिँड्नुपर्ने बाध्यता छ । गाउँबाट आएका अधिकांश मानिस अशिक्षित हुन्छन् । गाउँमा कहिल्यै सवारीसाधन नदेखेका उनीहरूलाई गाडीको ठक्करबाट ज्यानै समेत जान सक्छ भनेर समेत थाहा हुँदैन । अनि फुटपाथ नहुँदा बिच बाटोमा हिँड्दा कतिपयले ज्यानै गुमाउँछन् ।

यहाँका घरधनीहरू एउटै सटरको मासिक १८ लाखसम्म भाडा असुल्छन् । अन्य ठाउँमा पाँच सय पर्ने सामान त्यहाँका व्यापारीहरू पाँच हजारमा बेच्छन् । उनीहरूले सामानमा समेत भाडा जोड्छन् । यता, १८ लाख भाडा असुल्ने घरधनी राज्यलाई कर तिर्दैनन् । वडा, नगरपालिकामा घर बहाल कर तिर्दैनन् । घरधनीहरू राज्यलाई ठग्छन् अनि व्यापारी आम सर्वसाधारण ।

त्यसैले, अब सर्वसाधारण जनता न्युरोड, असन, ठमेल, इन्द्रचोकलगायत ठाउँमा जानुहुन्न । यी ठाउँलाई सर्वसाधारण आफैँले बहिष्कार गर्नुपर्छ । फुटपाथ नै नभएको ठाउँमा ज्यानै जोखिममा राखेर जानुहुँदैन । यहाँ खाली सटर समेत ६० लाखसम्म बिक्री हुने गरेको छ । मुलुककै सबैभन्दा महँगो ठाउँ न्युरोड हो ।

सरकारले न्युरोडमा जग्गाको मूल्य आनाको ६६ लाख ५० हजार तोकेको छ । यद्यपि, यहाँ जग्गा आनाकै १३–१४ करोडमा किनबेच हुने गरेको छ । नामसारी गर्ने समयमा भने त्यहीँ साढे ६६ लाखको मात्र राजस्व तिरिन्छ । जनता र राज्यलाई ठगेर सुकिलामुकिला भएका छन्, यी ठाउँका मान्छेहरू ।

अहिले न्युरोडमा काठमाडौँ महानगरपालिकाले फुटपाथ बनाउने तयारी गरेको छ । आम नागरिकको सुरक्षाका लागि महानगरले फुटपाथ बनाउन लागेको हो । न्युरोडमा फुटपाथ नहुँदा बिच बाटोबाट हिँड्दा कतिपय पैदलयात्रुको सवारीसाधनको ठक्करबाट ज्यान गएको पनि घटना छन् । फुटपाथ नहुँदा ज्यान गुमाएका ती मानिसहरूको जिम्मा कसले लिन्छ रु

के न्युरोडका स्थानीयले यसको जिम्मा लिन्छन् रु त्यहाँका घरधनीहरू आफ्नो फाइदाका लागि फुटपाथ बनाउन नदिने अनि सर्वसाधारणले ज्यान गुमाउनुपर्ने १ न्युरोडका घरधनी र व्यापारीहरूले आफ्नो स्वार्थका लागि जनता मारिरहेका छन् । त्यसैले, अब देशभरका जनताको आँखा खोलिनुपर्छ । न्युरोड, असन, इन्द्रचोक घुम्न वा सामान किनमेल गर्न जानुहुन्न ।

ज्यान गुमाउने वा ठगिने यस्तो ठाउँमा आम नागरिक जानुहुँदैन । कानुनमा सडकको दायाँबायाँ अनिवार्य फुटपाथ बनाउनुपर्ने व्यवस्था छ । तर, यहाँ आफ्नो फाइदाका लागि कानुन नमान्ने अनि जनता ठग्ने वा उनीहरूलाई मार्ने काम भइरहेको छ । राज्यलाई कर पनि तिर्दैनन् । अब सर्वसाधारण आफैँले न्युरोडलाई बहिष्कार गर्नुपर्छ ।

फुटपाथ समेत बनाउन नदिने न्युरोडबासीलाई जनताले बहिष्कार गर्नै पर्छ । अनि मात्र उनीहरूमा चेत आउँछ । जनताको ज्यान जोखिममा पारेर व्यापार व्यवसाय गरेर भव्य कमाउने अनि फुटपाथ बनाउन खोज्दा आन्दोलन गर्ने ! के हो उचित हो रु जब राज्य ऐन, कानुन कार्यान्वयन गर्न खोज्छ, तब ठग्न वा लुट नपाइने त्रासमा मानिसहरू सडकमा उत्रिन्छन् ।

काठमाडौँका मेयर बालेन्द्र शाह (बालेन) ले न्युरोडमा फुटपाथ बनाउन लागेर जनताको ज्यान बचाउन खोजेको हो । देशभरका जनता बालेनले राम्रो काम गरेको बताउँछन् । विदेशीहरू समेत बालेनको तारिफ गर्छन् । बजारमा जताततै बालेनको हाई हाई छ । केही महिनाअघि काठमाडौँ महानगरले न्युरोडमा पार्किङ हटायो ।

त्यसअघि जथाभाबी पार्किङका कारण ट्राफिक जाम अस्तव्यस्त हुनुका साथै त्यहाँ आउजाउ गर्ने मानिसलाई समेत असहज हुँदै आइरहेको थियो । सीमित व्यापारी वा व्यक्तिले त्यहाँ पार्किङबापतको मोटो रकम असुल्दै आएका थिए । महानगरले पार्किङ हटाउँदा पनि विरोध चर्किएको थियो ।

यद्यपि, महानगर आफ्नो निर्णयमा अडिग रह्यो, पछि हटेन । अहिले पार्किङबापत मोटो रकम असुल्ने त्यहाँका केही सीमित व्यक्ति तथा व्यापारीहरुको ठगी धन्दा पनि अन्त्य भएको छ । अर्कोतर्फ, अहिले महानगर न्युरोडमा फुटपाथ बनाउन लागिरहेको छ । फुटपाथ बनेसँगै आफ्नो घरको केही जग्गा पनि जाने अनि सवारीसाधन पनि बाटोमा पार्किङ गर्न नपाइने भएपछि न्युरोडका घरधनीहरू सडकमा उत्रिएका हुन् ।

यस पटक पनि महानगर पछि हट्नुहुन्न । न्युरोडमा फुटपाथ बनाएरै छोड्नुपर्छ । यदि घरधनीहरूले जबरजस्ती गरेमा जनताले नै न्युरोडलाई बहिष्कार गर्नुपर्छ । न्युरोडमा एउटै कोठाको २० हजारसम्म तिरेर मानिसहरू बसेका छन् । एक फ्ल्याटको तीन लाख र एउटा सटरको १८ लाखसम्म तिरेका छन् । यहाँ सबै बाहिरी जिल्लाका मानिसहरूको बसोबास छ ।

आफन्त भेट्न आउँदा फुटपाथ नहुँदा बिच सडकबाट हिँड्दा सवारीसाधनको ठक्करबाट कतिपयले ज्यान गुमाउने गरेका छन् । घरधनीहरू फाइदा लिने अनि सर्वसाधारणले ज्यान गुमाउनुपर्ने १ कहिलेसम्म न्युरोडमा यो चलिरहनेछ रु त्यसैले, अब बाहिरी जिल्लाका मानिसहरूले यो क्षेत्रमा कोठा, सटर वा फ्ल्याट भाडामा लिनुहुन्न ।

यो ठाउँमा बस्नु भनेको ज्यान जोखिममा पार्नु हो । अब जनताको आँखा खुल्नुपर्छ । घरधनीको फाइदाका लागि आफ्नो ज्यानै जोखिममा पार्नुहुन्न । सरकार जनताको अभिभावक हो । जनताको सुरक्षा गर्नु सरकारको दायित्व पनि हो । अहिले उपत्यका बाहिरका धेरै जिल्लामा फुटपाथ बनेको पाइन्छ ।

फुटपाथ भएपछि बिच सडकबाट हिँड्नुपर्दैन । फुटपाथबाटै मानिसहरू हिँड्छन् । अभिभावक, शिक्षक, ट्राफिक वा राज्यका सम्बन्धित निकायहरू पनि फुटपाथबाटै हिँड्नुपर्ने भन्छन् । तर, न्युरोडका बासिन्दाहरू भने आफ्नो फाइदाका लागि फुटपाथ बनाउन दिइरहेका छैनन् । जनताको ज्यान नै किन नजाओस् तर उनीहरू फुटपाथ बनाउन दिन तयार छैन ।

उनीहरूको फाइदाको लागि सर्वसाधारण जनताले आफ्नो ज्यान गुमाउनुपर्ने ! न्युरोड र देशभरको माटो एउटै हो । तर, अहिले पनि कुनै जिल्लामा रोपनीको एक हजारमा जग्गा बिक्री हुँदैन । न्युरोडमा भने जग्गाको मूल्य आनाकै करोड छ । यो मूल्य कसले बढाइएको हो त ? देशभरका जनताले होइन र । यदि न्युरोडमा कोही जाँदै गएनन् भने त्यहाँको अवस्था के हुने छ ? फुटपाथ बनाउन नदिने ठाउँमा जनताहरू जानुहुन्न ।

राज्यले पनि उपत्यकामा मात्र विकास गरिदियो । न्युरोड, असन, इन्द्रचोकमा सानो खाल्टो पर्दा पनि पिच गरिहाल्ने तर दुर्गम वा अन्य जिल्लामा दशकसम्म पनि बाटो नपुर्याउने १ न्युरोडमा खाली ठाउँ छैन । केही गरी भूकम्प आएमा ठुलो जनधनको क्षति हुनेछ । त्यस कारण यस्तो ठाउँमा कोठा, फ्रल्याट लिएर बस्नुहुन्न ।

घुमफिर गर्न पनि यस्तो ठाउँ जानुहुन्न । अब जनता सचेत हुनुपर्छ । नागरिक र नागरिकको ज्यान सबैभन्दा ठुलो र महत्त्वपूर्ण हो । त्यसैले, अब महानगरपालिका झुक्नु हुँदैन । न्युरोडमा फुटपाथ बनाउनैपर्छ । नभए न्युरोडमा घुमफिर गर्नमा रोक लगाउनुपर्छ । न्युरोड जानमा प्रतिबन्ध लगाउनुपर्छ । अहिले बाटो काट्न जेब्रोक्रस छ । आकाशे पुल छ ।

यति गर्दा पनि दैनिक ११ जनाभन्दा बढीले सवारीसाधनको ठक्करबाट ज्यान गुमाउने गरेका छन् । न्युरोडका स्थानीयले फुटपाथ बनाउन नदिने हो भने महानगरपालिका, ट्राफिक महाशाखा र गृह मन्त्रालयले यो ठाउँमा सवारीसाधन सञ्चालनमा रोक लगाउनुपर्छ । अहिले न्युरोडका घरधनीहरूलाई सवारीसाधन पनि त्यहाँ चलाउनुपरेको छ अनि फुटपाथ बनाउन चाहिँ नदिने ! यो कहिलेसम्म ?

अब महानगरपालिका आफ्नो निर्णयबाट पछि हट्नुपर्छ । न्युरोडमा फुटपाथ बनाएरै छोड्नुपर्छ । बालेनको पक्षमा देशभरका जनता छन् । त्यसैले, अब न्युरोडका स्थानीयले अति नै गरेमा देशभरका जनता बालेनको पक्षमा उभिनेछ । उनीहरू आफैँ न्युरोड बहिष्कार गर्ने छन् । त्यस कारण न्युरोडबासीले पनि बेलैमै सोचौँ ।

प्रतिक्रिया दिनुहोस्