यी चार एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस



काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले ४ जना प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवाका लागि सिफारिस गरेको छ।

शुक्रवार बसेको बढुवा समितिको बैठकले जनपथ प्रहरी समूहका ४ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको हो । बढुवाका लागि श्याम कृष्ण अधिकारी, रवीन्द्र रेग्मी, भीम बहादुर दाहाल र नानीराम गुरुङलाई सिफारिस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्