सुपर ओभरमा ओमानमाथि नामिबियाको जित



काठमाडौँ। नामिबियाले सुपर ओभरमा ओमानलाई पराजित गर्दै आइसिसी ट्वान्टी-२० विश्वकपमा  विजयी सुरुआत गरेको छ।

ओमनले दिएको १०९ रनको लक्ष्य पछ्याएको नामिबियाले ६ विकेट गुमाउँदै अन्तिम बलमा पूरा  गरेपछि खेल सुपर ओभरमा गएको थियो।

सुपर ओभरमा बिलाल खानले तीन चौका र एक छक्कासहित २१ रन खर्चिएका थिए। २२ रनको लक्ष्य पछ्याएको ओमानले १० रन मात्रै बनाउन सक्यो।

प्रतिक्रिया दिनुहोस्