ड्यालसमा रहेका नेपाली खेलाडीले गरे पशुपतिनाथ मन्दिरको दर्शन



काठमाडौँ । आइसीसी टी–२‍० विश्वकप क्रिकेट प्रतियोगिताका खेल्ने क्रममा अमेरिकामा रहेका नेपाली क्रिकेट खेलाडीहरूले सोमबार बिहान टेक्ससको युलेस सिटीस्थित पशुपतिनाथ मन्दिर तथा बौद्ध विहारको दर्शन गरेका छन् ।

नेपाली समाज टेक्ससले गरेको स्वागत कार्यक्रमका बिच उनीहरूले मन्दिरको पनि दर्शन गरेका हुन् ।सो अवसरमा प्रशिक्षक मोन्टे देसाईलगायत खेलाडीहरूको सहभागिता थिए ।

सोही क्रममा देसाईलगायत खेलाडीहरूले पशुपतिनाथ मन्दिरमा पूजा अर्चना गरेका हुन् । खेलाडीहरूको सम्मानका नेपाली समुदायले पञ्चेबाजासमेत बजाएका थिए। प्रतियोगितामा नेपालले मङ्गलवार नेदरल्याण्डसँग पहिलो खेल खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्