भारतको आयरल्यान्डविरुद्ध सहज जित



काठमाडौँ । भारतले जारी आईसिसी टि-२० विश्वकप २०२४ को आफ्नो पहिलो खेलमा सहज जित दर्ता गरेको छ । न्यूयोर्कमा भएको खेलमा भारतले आयरल्यान्ड माथि ८ विकेटको सहज जित दर्ता गरेको हो ।

आयरल्यान्डले दिएको ९७ रनको सहज लक्ष्य भारतले १२.२ ओभरमा २ विकेट गुमाएर भेटायो । भारतका लागि कप्तान रोहित शर्माले ३७ बलमा ४ चौका र ३ छक्का सहित ५२ रन प्रहार गरे । ऋषभ पन्त २६ बलमा २६ रन बनाएर अविजित रहे ।

आयरल्यान्डका लागि मार्क एडेयर र बेन व्हाइटले १/१ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले १६ ओभरमा समेटिनु अघि ९५ रन बनायो । आयरल्यान्डका लागि ग्यारेथ डिलेनीले सर्वाधिक २६ रन बनाए भने जोशुवा लिटलले १४ रन जोडे । कर्टिस क्याम्फरले १२ रन बनाए ।

भारतका लागि हार्दिक पन्ड्याले ३ विकेट लिए भने जस्पृत बुम्राह र अर्शदिप सिंहले २/२ विकेट लिए । अक्सर पटेल र मोहम्मद सिराजले १/१ विकेट लिए ।

भारत र आयरल्यान्ड रहेको समूह ए मा अमेरिका, क्यानडा र पाकिस्तान रहेका छन् । अमेरिकाले उद्घाटन खेलमा क्यानडालाई हराउँदै २ अङ्क जोडिसकेको छ । पाकिस्तानले भने एक खेल पनि खेलेको छैन । पाकिस्तानले बिहीबार बेलुका ९:१५ बजे अमेरिकाको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्