टी-२० विश्वकप :पपुवा न्यूगिनी युगान्डासँग पराजित



काठमाडौँ । टी-२० विश्वकप-२०२४ मा युगान्डाले पपुवा न्यूगिनीलाई पराजित गरेको छ ।प्रोभिडेन्स स्टेडियममा आज बिहान भएको खेलमा  युगान्डाले पपुवा न्यूगिनीलाई ३ विकेटले पराजित गरेको हो ।

पपुवा न्यूगिनीले दिएको सामान्य लक्ष्य युगान्डाले ७ विकेट गुमाएर १८.१ ओभरमा पूरा गरेको हो ।

लक्ष्य पछ्याउने क्रममा खराब ब्याटिङ गरेको  युगान्डाले रिआजत अली साहको धैर्यतासँगै जित हात परेको हो । रिआजतले ५६ बल खेलेर ३३ रन बनाएर टिमलाई जिताए ।

अर्का ब्याटर जुमा मियागीले १३ रन बनाउनुबाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् । ओपनर रोगर मुकासा र अर्का ब्याटर दिनेश नाक्रानी शून्य रनमै आउट भए ।

पपुवा न्यूगिनीका एली नाओ र नोर्मान भानुवाले दुईरदुई, चाद सोपर र असाद भालाले एकरएक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्यूगिनी ७७ रन बनाएर ५ बल बाँकी हुँदै अलआउट भएको थियो ।

हिरि हिरिले बनाएको १५ रन नै पपुवा न्यूगिनीको सर्वाधिक रन हो । लेगा सिआका र किप्लिन डोरीगाले १२/१२ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पपुवा न्यूगिनीलाई सस्तैमा समेट्ने क्रममा युगान्डाका अप्पेश रामजानी, कस्मास केइवुता, जुमा मियागी र फ्रेंक नसुबुगाले २/२ र ब्रायन मसाबाले एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्