राष्ट्रसङ्घीय कमिटीमा नेपालकी बन्दना राणा निर्वाचित



काठमाडौँ । महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय समिति महिलाविरुद्धको विभेद उन्मूलन कमिटी (सिड0 को सदस्यमा नेपालकी बन्दना राणा निर्वाचित भएकी छिन्। उनी उक्त पदमा पुनः निर्वाचित भएकी हुन् ।

शुक्रवार अमेरिकाको न्यूयोर्कमा भएको मतदानमा राणा एक सय ४६ मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनले आगामी सन् २०२५ देखि २०२८ सम्मका लागि कार्यभार सम्हाल्नेछिन् ।तेइस सदस्य रहने उक्त समितिले विश्वव्यापी रूपमा महिलाले भोग्नुपरेका समस्या, राष्ट्रसङ्घमा जनाइएका प्रतिबद्धता कार्यान्वयनलगायत महिलाविरुद्ध हुने हरेक प्रकारका विभेदको बारेमा अनुगमन गर्ने गर्छ । उक्त समितिको कार्यालय जेनेभामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्