अफगानिस्तानको अगाडि न्युजिल्यान्डको ब्याटिङ चकनाचुर



काठमाडौँ । टी२० विश्वकप २०२४ को १४ औं खेलमा न्युजिल्यान्ड अफगानिस्तानसँग पराजित भएको छ ।  । न्युजिल्यान्डको टिम ७५ रनमा मात्र अलआउट भएको हो ।

न्यूजिल्याण्डका कप्तान केन विलियम्सनले टस जितेर अफगानिस्तानलाई पहिले ब्याटिङको निम्तो दिएका थिए । पहिले ब्याटिङ गरेको अफगानिस्तानका ब्याट्सम्यानले १ सय ६० रनको लक्ष्य दिएका थिए ।

न्युजिल्यान्डको टोली त्यसलाई पछ्याउन अफगानिस्तानका बलरहरूका अगाडि पुरै टोली तहस नहस बन्यो । टोलीले पहिलो बलमै आफ्नो पहिलो विकेट गुमाएको थियो र त्यसपछि विकेटको लहर चल्यो। अफगानिस्तानका बलरले पावरप्लेमा नै ४ विकेट लिएर न्युजिल्यान्डको कमर भाँच्यो ।

प्रतिक्रिया दिनुहोस्