समाजवादका लागि माओवादीको उमेर पुगेको छैन, एमाले व्यक्ति पूजामा छ : घनश्याम भुसाल



काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)ले नेपालमा समाजवाद ल्याउन नसक्ने बताए ।

आइतबार काठमाडौँमा नेपालमा समाजवादी क्रान्ति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेकपा एमाले समाजवादी क्रान्ति ल्याउने पार्टी नभएको बताएका हुन् । साथै उनले नेकपा एमाले व्यक्ति पूजामा रहेको आरोप लगाए ।

उनले नेकपा (माओवादी केन्द्र)को समाजवादी क्रान्ति ल्याउने उमेर नपुगेको र बुझ्न अझै धेरै समय लाग्ने बताए । भुसालले नेपालमा समाजवादी क्रान्ति नेकपा (एकीकृत समाजवादी) ले मात्रै ल्याउन सक्ने जिकिर गरे । उनले पार्टीको १० औँ महाधिवेशनले समाजवादी क्रान्तिमा पुग्ने एउटा सन्देश दिनुपर्ने बताए ।

भुसालले समाजवादी क्रान्तिका योजना र कार्यक्रमहरू २०७५ सालमै गर्नुपर्ने भए पनि नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल पार्टीको नवौँ महाधिवेशनमा पराजित हुँदा सम्भव नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्