एमसीसी अनुमोदन नेपालको कम्युनिस्ट आन्दोलनकै ब्लन्डर मिस्टेक हो : झलनाथ खनाल



झलनाथ खनाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले एमसीसी सम्झौता अनुमोदन गर्नु गम्भीर त्रुटि भएको बताएका छन् । आइतबार काठमाडौँमा ‘नेपालमा समाजवादी क्रान्ति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका खनालले एमसीसी अनुमोदन नेपालको कम्युनिस्ट आन्दोलनकै ब्लन्डर भएको बताएका हुन् ।

उनले भने, ‘हाम्रो देशको राष्ट्रियतामाथि खतराहरू बढिरहेका छन् । साम्राज्यवादी र प्रभुत्ववादी शक्तिहरू अनेकन् प्रकारले घुसपैठ गरिरहेका छन् । त्यो घुसपैठका विरुद्ध नेपाली जनतालाई देशभक्तिपूर्ण भावनाबाट हर बेलामा उठाउनुपर्छ ।  हामी यसरी हिँड्ने क्रममा यो एमसीसी सम्झौतालाई अनुमोदन गर्ने जुन काम गर्‍यौँ त्यो हाम्रोतर्फबाट भएको ब्लण्डर हो ।’

खनालले एमसीसी अनुमोदन नेपालको कम्युनिस्ट आन्दोलनकै बलण्डर भएको र एमसीसी अनुमोदन गर्ने नेताहरूले त्यसको फल प्राप्त गर्नुपर्ने पनि बताए । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा २०७८ फागुन १५ गते एमसीसी संसद्‌बाट अनुमोदन भएको थियो । ।

प्रतिक्रिया दिनुहोस्