भारतीय प्रधानमन्त्री मोदीले लिए शपथ



काठमाडौँ ।  भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

गत शुक्रवार आगामी कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भएका मोदीले आइतबार राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष शपथ लिएका हुन् ।

शपथ समारोहमा नेपालसहित विभिन्न देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखलाई पनि निमन्त्रणा गरिएको छ । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि शपथ समारोहमा सहभागी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्