प्रचण्ड र मोदीबिच भेटवार्ता



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता भएको छ । आइतबार बेलुका भएको भेटमा उनीहरूबिच नेपाल–भारतबिच रहिआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको हो ।

सो अवसरमा दुई प्रधानमन्त्रीबिच विगतमा भएका समझदारी एवं सम्झौताहरूको विषयमा विचार विमर्श भएको थियो ।

मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आइतबार दिउँसो नयाँ दिल्ली गएका थिए । आइतबार साँझ भएको शपथ ग्रहण समारोहमा उनी सहभागी भएका थिए । प्रधानमन्त्री प्रचण्ड आज साँझ स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्